नियम १५
केन्द्रीय बजार अनुगमन समितिको बैठक
: (१) केन्द्रीय बजार अनुगमन समितिको बैठक आवश्यकता अनुसार सो समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(२) केन्द्रीय बजार अनुगमन समितिका पचास

प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा सो समितिको वैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (३) केन्द्रीय बजार अनुगमन समितिमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको . अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(४) केन्द्रीय बजार अनुगमन समितिको वैठकमा आवश्यकता अनुसार विभिन्न विषयगत क्षेत्र निकाय वा संस्थाका पदाधिकारी बा विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

(५) केन्द्रीय बजार अनुगमन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गर्न सक्नेछ।

(६) केन्द्रीय बजार अनुगमन समितिका संयोजक र सदस्यले बैठकमा भाग लिए बापत पाउने बैठक भत्ता नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिम हुनेछ।